जिल्लाको परिचय 2075-12-21
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको सामान्य परिचय
नेपालको गण्डकी प्रदेश अन्तर्गत पर्ने ११ वटा जिल्ला मध्येको एक जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व) हो । नेपालको संविधान (२०७२) मा साविकको नवलपरासी जिल्लालाई नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) नामाकरण भै छुट्टा छुट्टै जिल्लाको रुपमा अनुसूचीमा उल्लेख भए बमोजिम भएको छ ।
१. भूगोलः
- सीमानाः पूर्वः चितवन जिल्ला; पश्चिमः नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्ला; उत्तरः पाल्पा र तनहुँ जिल्ला; दक्षिणः चितवन र भारतको विहार प्रदेश
- क्षेत्रफलः १,३३१.१६वर्ग कि.मी.
- भारतसंग जोडिएको सीमाको लम्वाईः नारायणी नदि करिव ५.५ कि. मि. (पुल देखि सोनाभद्रा नदिसम्म २.५ कि. मी. र पुलदेखि दक्षिणपट्टी ३ कि. मी )
- सबै भन्दा अग्लो भू-भागः समुन्द्री सतहबाट १९३६ मिटर (देवचुली)
- कृषियोग्य जमिनः ४३८९७ हेक्टर
- वनजंगलले ढाकेको क्षेत्रः ५८.४९%
- मुख्य नदी:कालीगण्डकी र नारायणी
- प्रमुख खोलानाला: झरही खोला, केरुङ्गे खोला, गिरुवारी खोला, विनयी खोला, अरुणखोला
- प्रमुख ताल : पोखरी ताल र टरुवा ताल
- मुख्य धार्मिक, पर्यटकीय र ऐतिहासिक स्थलहरुः दाउन्ने देवी मन्दिर, मौलाकालीका मन्दिर, गजेन्द्र मोक्ष्यधाम, शास्वतधाम, अकलादेवी मन्दिर, घुमारीघाट, लोसेधारा, महाराजाथान, सिख्रौली घाट, उन्नति कल्चरल भिलेज हर्कपुर, धौवादी, देवचुली डाँडा, अमलटारी होमस्टे, प्रिप्रहर होमस्टे
२ . जनसंख्याः (राष्ट्रिय जनगणना, २०७८ को प्रारम्भिक नतिजा) अनुसार जिल्लाको जनसंख्या
- मुख्य पेशाः कृषि
- अन्य पेशाः व्यापार, व्यवसाय, वैदेशिक रोजगारी
- मुख्य वालीः धान, गहुँ, मकै, तोरी, मसुरो, उखु र केरा
- प्रमुख उद्योगः ६२
- घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका
- साना उद्योग तर्फ : ६०००
- वाणिज्य तर्फ : ८०५०
- औद्योगिक एवं व्यापारिक केन्द्रहरुः दुम्कौली, गैडाकोट, कावासोती, भेडावारी, सर्दी आदि।
३ अर्थतन्त्रः
- मुख्य पेशाः कृषि
- अन्य पेशाः व्यापार, व्यवसाय, वैदेशिक रोजगारी
- मुख्य वालीः धान, गहुँ, मकै, तोरी, मसुरो, उखु र केरा
- प्रमुख उद्योगः ६२
- घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भएका
- साना उद्योग तर्फ : ६०००
- वाणिज्य तर्फ : ८०५०
- औद्योगिक एवं व्यापारिक केन्द्रहरुः दुम्कौली, गैडाकोट, कावासोती, भेडावारी, सर्दी आदि।
४ राजनीतिः
- स्थानीय तहः ८ : ४ नगरपालिका (गैडाकोट, देवचुली, कावासोती र मध्यविन्दु) र ४ गाउँपालिका (विनयी त्रिवेणी, हुप्सेकोट, बुलिङटार र बौंदीकाली)
- वडा: ९१ वटा
- प्रतिनिधि सभा निर्वाचन क्षेत्रः २
- प्रदेश सभा निर्वाचन क्षेत्रः ४
- मुख्य राजनीतिक दलः नेपाली काङग्रेस, नेपाल कम्युनिष्ट पार्टी(नेकपा), ने.क.पा.माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातान्त्रिक पार्टी , जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी, राप्ट्रिय जनमुक्ति पार्टी आदि
- प्रतिनिधि सभामा प्रतिनिधित्वः ४
- नेपाली कांग्रेसः ३ (प्रत्यक्ष २, समानुपातिक १)
- राष्ट्रिय स्वतन्त्र पार्टी :१ (समानुपातिक)
- प्रदेश सभामा प्रतिनिधित्वः ६
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ३ (प्रत्यक्ष)
- नेपाली कांग्रेसः १ (प्रत्यक्ष १)
- नेकपा माओवादी केन्द्र : १ (समानुपातिक )
- रा.प्र.पा. : १ (समानुपातिक )
- स्थानीय तहको प्रमुख/अध्यक्षमा प्रतिनिधित्वः
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा): ६
- नेपाली कांग्रेसः २
१.५ विविधः
- क्याम्पसः २२
- सामुदायिक विद्यालयः ३११
- संस्थागत : ९३
- मदरसा : १
- गुम्बा:१
- गुरुकुल:३
- प्राविधिक शिक्षालय: ९
- विशेष कक्षा :७ (सुस्त श्रवण २, दृष्टिविहिन १, सुस्त मनस्थिति १ समेत)
धार्मिक मठ मन्दिर
- मठ मन्दिरः ९३
- गुम्बाः १४
- मस्जिदः १
- चर्चः १४
