मिति २०८१/०३/२८ को सिमलताल पहिरोमा हराईरहेका यात्रुहरुको खोजिकार्य जारी।
२०८१-०४-०२
२०८१-०४-०२
तस्बिर :
मिति २०८१/०३/२८ गते चितवन जिल्लाको सिमलतालको पहिरोमा परी हराईरहेका यात्रुहरुको खोजीको लागि स्थानीय समुदाय, होमस्टे संञ्चालक, होटल ब्यवसायी, माझीहरुको समेत सहयोगमा सुरक्षाकर्मीका अतिरिक्त स्थानीय स्वयंसेवक, डुङ्गा, सफारीमा प्रयोग हुने गाडीहरु र निकुञ्ज तथा मध्यवर्ती क्षेत्रमा रहेका हात्तीहरु, सुरक्षा कर्मीसँग रहेको मोटर बोटहरु समेत परिचालन गरिएको छ।
नदी किनारमा तथा विभिन्न टापुहरुमा भइरहेको खोजी कार्यको आज प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु बाट निरीक्षण भयो।
